कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने

Krishi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । साथै बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्