मेगा बैंक लिमिटेड र ओम अस्पताल तथा रिसर्च सेन्टरबीच छुट सम्बन्धि सम्झौता

Mega  Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेड र ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले काठमाडौंको चाबहिलस्थित ओम अस्पतालबीच बैंकका ग्राहकहरुलाई विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ । मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्