मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको काठमाडौंका सितापाइलामा, अध्यक्ष मानन्धरद्धारा उद्घाटन

Meromicrofinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंस्थित सितापाइलामा मंगलबार नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरबाट एक समारोहकाबीच सितापाइला शाखा कार्यालय उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई बधाई दिएका छन्् । साथै सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागी पर्ने समेत बताए । लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई ब्यवसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पुर्याउने समेत विश्वास ब्यक्त गरे । 

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सबैै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरी स्थानीय सिप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । त्यस्तै नागरिकहरुले गरेको अथाह विश्वास, भरोसाले देशभरका हरेक सम्भाबित क्षेत्रको अध्ययन गरि निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको समेत बताए । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एसएमएस मोबाइल बैंकिङ सुविधा समेत उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्