एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने

EXCEL DEVELOPMENT BANK
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १०ः३ अनुपातमा असोज २५ गते अर्थात आइतबारदेखि हकप्रद सेयर खुल्ने भएको छ । बैंकले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदमा लगानीकर्ताले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो ।

प्रतिकृया दिनुहोस्