मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा ५ लाख ७१ हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा

MEROmicrofinance laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले शुक्रबारदेखि सो सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम ४५० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस्