हिमालयन जनरल इन्स्योरेन्सले गर्यो पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक






  • बैंकिङ संसार
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २.४७ प्रतिशतले बढी हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद बिमा शुल्क पनि ४.८५ प्रतिशतले वृद्धि भएर ८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यसको बिमा कोषको आकार गत वर्षको यसै अवधि भन्दा ०.२२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५७ करोड ४१ लाख रुपैयाँ रहेको बिमा कोष यस त्रैमासमा ०.२२ प्रतिशतले वृद्धि भएर ५७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्