नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३८ प्रतिशतले घट्यो






  • बैंकिङ संसार

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कम्पनीको यो नाफा गत वर्षको तुलनामा ७९.३८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी २४.९० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९.७७ प्रतिशतले घटेको छ । 

यता कम्पनीको रिजर्भ कोषमा ३७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा ०.३५ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ ।

प्रतिकृया दिनुहोस्