एभरेष्ट बैंकको २७औं वार्षिक साधारणसभा पुस १ गते हुने

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस १ गते २७औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

उक्त सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्