ज्योति लाइफ इन्स्योरेन्सको २७.७७ प्रतिशत बढ्यो खुद नाफा







  • बैंकिङ संसार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ९ करोड २२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन नाफा गत वर्षकोभन्दा २७.७७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आर्जन र जीवन बिमा कोषको आकार पनि बढेको छ । जीवन बिमा कोष १०१.२५ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्