माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् पेस गरिने प्रस्तावहरु


Machhapuchchhre bank



  • बैंकिङ संसार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको २३औं वार्षिक साधारणसभा कात्तिक २६ गते आज हुने भएको हो । बैंकको सभा होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १३.३० प्रतिशत  प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । 

प्रतिकृया दिनुहोस्