प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारणसभा पुस ६ गते हुने

prime bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा हुने भएको छ । बैंकको १४औं वार्षिक साधारणसभा पुस ६ गते हुने भएको हो । उक्त सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

सभामा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुने सेयरधनीलाई बैंकले पासवर्ड उपलब्ध गराउने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १६.६३१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

प्रतिकृया दिनुहोस्