सांग्रिला डेभलपमेन्ट बैंकले ४१ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्री गर्ने

shangrila development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले ४१ हजार ८२७ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

बैंकका संस्थापक सेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको २० हजार कित्ता र शंकर ज्ञवालीले १९ हजार ८२७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा सांग्रिलाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्