उन्नति सहकार्य लघुवित्त वित्तीय संथाको लाभांश संशोधन






  • बैंकिङ संसार

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संथाको पूर्वघोषित लाभांश संशोधन गरिएको छ ।

कम्पनीको मंसिर ४ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि कम्पनीले ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । अब कम्पनीले ५ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।

प्रतिकृया दिनुहोस्