एक्सेल डेभलपमेन्ट बैंकद्धारा २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री खुला

excel development bank

  • बैंकिङ संसार
एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले मंसिर २९ गतेदेखि २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सो सेयरमा आवेदन दिने अन्तिम म्याद भने पुस ७ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्