सिटिजन्स बैंक इन्टरनेसनलद्धारा मदानपुरमा शाखारहित बैंकिङ सेवाको विस्तार

citizens bank international


  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका,मदानपुरमा यहि पौष २, गतेबाट ८८ओैं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहितबैंकिङबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकमभुक्तानीलगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्नाग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्