कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा पुस ३० गते, यस्ता छन् छलफल हुने विषयहरु !

corporate development bank

  • बैंकिङ संसार
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १४औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । बैंकले सभा होटेल भिश्वा वीरगञ्ज, पर्सामा बेलुका ५:४५ बजे सुरु गर्ने भएको छ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिकृया दिनुहोस्