एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन
- बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा सेयरमा आवेदन गर्ने पुस ७ गते बुधबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयर बुधबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।
कम्पनीले असोज २५ गतेदेखि २९ गतेसम्म हकप्रद सेयरमा निष्कासन गरेकोमा सर्वसाधारण समूहको २७ हजार २५७.२० कित्ता सेयरमा आवेदन नपरेकाले मंसिर २९ गतेदेखि लिलामीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।