गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश

ganapati laghubitta


  •  बैंकिङ संसार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो केन्द्रीयकार्यालय तथा शाखाकार्यालयहरुमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ । 

यसैअवसरमा केन्द्रीयकार्यालयमार्फत पोखरामा अवस्थित श्री राधाकृष्ण बृद्धाश्रममा रहेका जेष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । 

साथै संस्थाका विभिन्न शाखाकार्यालयहरुमार्फत सरसफाई कार्यक्रम, बृक्षारोपण, शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण जस्ता विभिन्न कार्यक्रममार्फत स्थापना दिवस मनाईएको छ ।

प्रतिकृया दिनुहोस्