गरिमा विकास बैंकद्धारा १० लाख कित्ता ऋणपत्र बिक्री खुला

garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि बिहिवार देखि प्रति कित्ता १००० रुपैया अंकित मूल्यका १ अर्व रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । जसमध्ये २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने बैंकले जनाएको छ ।

गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुष १ गते सम्म हुनेछ ।

प्रतिकृया दिनुहोस्