लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारणसभा पुस ८ गते हुने, ११ प्रतिशत लाभांश वितरण गर्ने

laxmi bank
  • बैंकिङ संसार

 काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले आगामी पुस ८ गते २१औं वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त साधारणसभा दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा हुने भएको छ ।

उक्त सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्नेछ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्