महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंसिर २२ गते हुने, ५० प्रतिशत लाभांश वितरण गर्ने

mahila laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ ।  संस्थाको वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको हो ।

यस्तै संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १५ गते बुधबार अन्तिम दिन हो । 

संस्थाले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

प्रतिकृया दिनुहोस्