नेपाल लाइफ इन्योरेन्सका सञ्चालकहरु बीमा समितिको कारवाहीमा, यस्तो रहस्य खुलेपछि सोधियो स्पष्टीकरण

Nepal life insurance

  • बैंकिङ संसार

काठमाडौं । बीमा समितिले गैरकानुनीरुपमा भत्ता लिएको विषयमा नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुलाई पत्र काटेको छ । शुक्रबार बसेको बैठकको निर्णय अनुसार कम्पनीका आठ जना सञ्चालकहरुलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार सञ्चालकहरुले भत्ताको दुरुपयोग गरेको गुनासो आएपछि वास्तविकता बुझ्नको लागि पत्र पठाएको बताएका छन् ।

छानबिनका क्रममा अनधिकृतरुपमा भत्ता लिइएको पाइएमा कारबाही गरिने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्