लाभांश वितरण गर्ने एजेन्डासहित वोमी लघुवित्तको दशौं वार्षिक साधारणसभा शुक्रबार हुदैं

womi microfinance bittiya sanstha


  • बैंकिङ संसार
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा शुक्रबार आज हुँदैछ । सभा धुलिखेल नगरपालिकास्थित होटल अरनिकोको सभाहलमा बिहान ११ बजे देखी सुरु हुने भएको हो ।

संस्थाले सभामा २०५ बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

यस्तै वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै प्रस्तावित बोनस सेयर र ग्रमीण स्वयंसेवक गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्