नेपाल धितोपत्र बोर्डले तीन लघुवित्तलाई आइपीओ निष्कासन गर्न दियो अनुमति

ipo

  • बैंकिङ संसार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिन वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था,जाल्पा सामुदायिक लघुवित्त संस्थालाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ ।

नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न भर्एको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिकृया दिनुहोस्