कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले बुधबारदेखि बैंकका २ जना सेयरधनीको नाममा रहेको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

जसमा बैंकका संस्थापक सेयरधनी राम पाण्डेको नाममा २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा ४ हजार ८३५ कित्ता सेयर रहेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । 

किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

प्रतिकृया दिनुहोस्