महिला लघुवित्तको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाउन सफल

mahila laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५०.५०% ले बढेर ८ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको जनाएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आउँदा यस कम्पनीको प्रतिसेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा छ ।

प्रतिकृया दिनुहोस्