नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रदमा आवेदन दिने बुधबार अन्तिम दिन

narayani development bank

  • बैंकिङ संसार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ ।  आज कार्यालय समयसम्म बैंकको सो सेयर भर्न पाइने भएको हो । 

बैंकले पुस ७ गतेदेखि १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

त्यसैले, मंसिर २३ गतेसम्म कायम लगानीकर्ताले बैंकले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्