नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

nepal rastra bank


  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ ।

हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन गरेको यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा केन्द्रित रहेको बताइएको छ ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पूँजीको प्रयोग सबै जनताले गर्नुपर्ने र गर्न पाउनुपर्नेमा जोड दिए ।



प्रतिकृया दिनुहोस्