सांग्रिला डेभलपमेन्ट बैंकद्धारा बर्दियाको राजापुरमा नयाँ शाखा विस्तार

shangrila development bank

  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै राजापुर बजार, राजापुर नगरपालिका वडा नं.४ बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो ।

राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस्