सिद्धार्थ बैंक र चितवन मिडटाउन रिर्सोटबीच सम्झौता, रिर्सोटमा १५% सम्मको छुट पाउने

siddartha-bank

  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुर स्थित चितवन मिडटाउन रिर्सोटबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी बैंक र रिर्सोटबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, वा इन्टरनेट बैैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया दिनुहोस्