सिटिजन्स बैंकद्वारा कल सेन्टर संचालन, बैंकिङ समस्या फोनबाटै समाधान हुने

CITIZENS BANK
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले कल सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर सेवा संचालनमा ल्याएको हो । बैंकले आइतबार (माघ २३ गते)देखि कल सेन्टर संचालनमा ल्याएको हो ।

योसँगैं अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूले ५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकको अनुसार हालका लागी यो सेवा आठ घण्टा संचालन हुने र विस्तारै सेवाको समयावधि पनि थप्दै लगिने छ ।

प्रतिकृया दिनुहोस्