एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता,बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

NCC BANK
  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंक र काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेजबीच सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले द्विपक्षीय सम्झौता गरेको हो ।

यस सम्झौतामार्फत बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ ।

यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ । एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्