अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा फागुन ६ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

ajod insurance

  • बैंकिङ संसार
काठमाडौं । अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा फागुन ६ गते हुने भएको हो । त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ।

आइतबार (आज) कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । लाभांश वितरण प्रस्ताव भने रहेको छैन । यस आधारमा सेयरधनीको हात खाली हुनेछ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्