गरिमा विकास बैंकको वार्षिक साधारणसभा चैत १८ गते हुने, यस्ता छन् पेस हुने विषयहरु

Garima Bikas  Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभा चैत १८ गते शुक्रबार हुने भएको छ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्नेछ ।

सभाको लागि बैंकले चैत ४ गतेदेखि बुक क्लोज गर्नेछ । चैत ३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । यस्तै ५१ प्रतिशत संस्थापक सेयर हुनुपर्ने व्यवस्थाअनुसार अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न/गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा रहेको छ ।

प्रतिकृया दिनुहोस्