एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता, अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाईने

NCC bank
  • बैंकिङ संसार
भरतपुर । एनसीसी बैंक र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालबीच सम्झौता भएको छ । नारायणी सामुदयिक अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्