नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता, कर्मचारी र ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

nepal bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने सम्बन्धि उक्त सम्झौता भएको हो ।

बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्युआर कोड मार्फतमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट पाउनेछन् ।

प्रतिकृया दिनुहोस्