एनआईसी एशियाका मुलुकभर ३ सय ५८ शाखा सञ्जाल, २५ प्रतिशत जनतालाई सेवा दिन सफल

Nic Asia Bankकाठमाडौँ । एनआईसी एशिया बैंकले मुलुकभर ३ सय ५८ शाखाहरुबाट सेवा दिईरहेको छ । राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुपर्ने लक्ष्य लिएकोमा एनआईसी एशियाको भागमा परेको तहमासमेत बैंकले शाखा खोली सेवा दिईसकेको छ । ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि ३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न नसकेको अवस्थामा एनआईसी एशियाले भने कुनै पनि स्थानका जनता बैंकिङ सेवाको पहुँच बाहिर नहुन् भन्ने उद्देश्यसहित तोकिएको तहमा पुगी ग्राहकलाई थप खुशी दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकका शाखा खुल्न बाँकी छन् । राष्ट्र बैंकले रुबीभ्यालीमा बै‌क अफ काठमाण्डू, जुनीचाँदेमा कृषि विकास बैंक र काँडा गाउँपालिकामा एभरेष्ट बैंकलाई शाखा खोल्ने २०७४ सालमै निर्देशन दिएको थियो तर निर्देशन दिएको ४ वर्ष पुग्दा पनि यी बैंक पुग्न सकेका छैनन् ।

यसो त २७ वटै वाणिज्य बैंकको तुलनामा एनआईसी एशिया बैंकले आफ्नो नारा जस्तै काम गर्दा फरक पहिचान बनाउन सफल भएको हो । 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने उत्कृष्ट नारा बोकेको यस बैंकले ग्राहकलाई साथीको जस्तै व्यवहार गर्दा बैंकप्रति सबै वर्गका ग्राहक सन्तुष्ट देखिन्छन् । यस्तै बैंकको शाखाको मात्रै सञ्जाल ठुलो छैन एटिएमलगायतको सञ्जाल पनि ठुलो छ । यस्तै बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरिसकेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको हो । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

बैंकको ग्राहकको तथ्यांक हेर्ने हो भने बैंकमा २९ लाख १८ हजार भन्दा बढी निक्षेप खाता रहेका छन् । ९४ हजारभन्दा बढी कर्जा खाता रहेको बैंकमा कुल ३० लाख २७ हजार भन्दा बढी खाताहरु छन् । कर्जा खाता हुनेहरुमध्ये अधिकांशको बचत खाता हुन्छ भन्ने तथ्यलाई आधार बनाएर हेर्दा पनि कुल जनसंख्याको ठुलो हिस्सा एनआईसी एशिया बैंकसँग जोडिएका हो । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । एनआईसी एशिया बैंकको ग्राहक खाता संख्या २५ लाख बढी छ । बचत खाता नै हेर्ने हो भने एनआईसी एशियाको ग्राहक खाता संख्या २५ लाख बढी छ । बैंकमा बालबालिकादेखि वृद्धवृद्धाको खाता पनि ठुलो संख्यामा रहेको छ ।

कुल बैंकिङ हिस्साको ८० प्रतिशतभन्दामाथि एनआईसी एशिया बैंकले ओगटेको पाईन्छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांक हेर्ने हो भने १८ वर्षभन्दा माथिका नागरिकमध्ये ठुलो संख्या बैंकिङ पहुँचमा छ । यस्तै पछिल्लो समय बैंकले सार्वजनिक गरेको सर्वश्रेष्ठ बचत खाताका कारण पनि बैंकमा खाता खोल्ने, एटिएम लिनेलगायतका कारणले पनि बैंकमा ग्राहक संख्या बढ्नुका साथै व्यवसाय पनि वृद्धि भएको छ । अझ सेयर बजारमा लगानी गर्नेहरुका लागि त बैंकले डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क पनि निः शुल्क गरिदिएकाले ग्राहकका लागि यो बैंक फाइदाजनक हुँदै गर्दा ग्राहकहरु यो बैंकतर्फ आकर्षित भएका छन् । एनआईसी एशियाले विकट बस्तीदेखि सुगम स्थानहरुमा पनि लिडर भएर ग्राहकहरुलाई सेवा सुविधा दिइरहेको छ । जसकारण प्रदेश नम्बर १, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एनआईसी एशियामा ग्राहकहरुको वृद्धिको ग्राफ ठुलो छ ।

प्रतिकृया दिनुहोस्