यस कारण सर्वसाधारणको रोजाई पर्यो एनआईसी एशिया : २५ प्रतिशतभन्दा बढी ‘सक्रिय नागरिक’ एनआईसीकै ग्राहक !

Nic Asia Bankकाठमाडौँ । एनआईसी एशिया बैंकको पहुँचमा अधिकाशं स्थानका नागरिक पुगिसकेका छन् । ग्रामिण क्षेत्रमा व्यवसाय नदेख्ने र नहुने मनसाय राखेका अन्य बैंकहरुको भ्रमलाई चिर्दै एनआईसी एशिया बैंक पुगेपछि बैंकमा ग्राहकहरुको संख्या पनि ह्वातै बढ्दा ग्राहक संख्याको मामला सबैभन्दा अगाडी आएको छ । हरेक चुनौतीलाई अवसरमा बदल्दै कुना काप्चामासमेत आफ्नो उपस्थिति देखाएको एनआईसी एशियालाई ग्राहकले पनि उत्तिकै विश्वाश गरेको पाईन्छ । 

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । तर एनआईसी एशिया बैंकमा मात्रै ग्राहकको खाता संख्या २५ लाख बढी छ । बचत खाता नै हेर्ने हो भने पनि एनआईसी एशियाको ग्राहक खाता संख्या २५ लाख बढी छ । बैंकमा २९ लाख १८ हजार भन्दा बढी निक्षेप खाता रहेका छन् । ९४ हजारभन्दा बढी कर्जा खाता रहेको बैंकमा कुल ३० लाख २७ हजार भन्दा बढी खाताहरु छन् । कर्जा खाता हुनेहरुमध्ये अधिकांशको बचत खाता हुन्छ भन्ने तथ्यलाई आधार बनाएर हेर्दा पनि कुल जनसंख्याको ठुलो हिस्सा एनआईसी एशिया बैंकसँग जोडिएको पाइएको हो ।  बैंकको ग्राहक संख्यामा बालबालिकादेखि वृद्धवृद्धासम्मका रहेका छन् । जनसंख्यासँग तुलना गर्ने हो भने पनि सक्रिय जनसंख्याको झन्डै २५ प्रतिशत हिस्साका नागरिकले एनआईसी एशिया बैंकमा खाता खोलेको पाईन्छ ।

यता कुल बैंकिङ हिस्साको ८० प्रतिशतभन्दामाथि एनआईसी एशियालेनै ओगटेको छ । केन्द्रीय तथ्यांक विभागले कुन ठाउँमा कुन नागरिकले कुन बैंकमा खाता खोलेको छ भन्ने तथ्यांकको संकलन गरेको छ । जसमा १८ वर्षभन्दा माथिका नागरिकमध्ये ठुलो संख्या बैंकिङ पहुँचमा छ । बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । बैंकलाई आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान हो ।

यता सबैभन्दा बढी एटिएम बुथ भएको बैंक पनि एनआईसी एशियानै हो । बैंकका देशभर ४७३ वटा एटिएम बुथ रहेका छन् । ग्राहकले जुनै एटिएमबाट पनि सहजै सेवा लिन सक्छन् । अझै पछिल्लो समय बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा त एटिएमबाट पैसा निकाल्दा कुनैपनि पैसा नलाग्ने र त्यसमा पनि अन्य बैंकको एटिएमबाट पैसा निकाल्दासमेत अतिरिक्त पैसा नलाग्ने हुँदा ग्राहकहरुको रोजाईमा एनआईसी एशिया नै परिरहेको छ । 

जसले गर्दा सातै प्रदेशमा एनआईसी एशिया बैंकमा खाता खोल्नेको संख्या दिनानुदिन बढिरहेको छ । बैंकका अनुसार प्रदेश नम्बर १, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ग्राहकहरुको वृद्धिको ग्राफ ठुलो रहेको छ । सर्वश्रेष्ठ बचत खातामा भएका सुविधाले नयाँ ग्राहकहरुको ध्यान तान्ने विश्वाश बैंकले लिएको छ ।


प्रविधिमा छ्लाङ :
सबैको मन-मनमा रहन सफल भएको एनआईसी एशिया बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अघि सारेको छ । 'बैंक पनि-साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नारा बोकेको यो बैंकले मोबाइल बैंकिङ, वेबसाइट, इन्टरनेट बैंकिङ, आईसर्भ प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको हो । एनआईसी एशिया बैंकको मोबाइल बैकिङ एप सर्वाधिक डाउनलोड भएको छ । बैंकका अनुसार मोबाइल बैकिङ एप १२ लाख भन्दा बढी पटक डाउनलोड भएको छ । सबैभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता भएको बैंकका रुपमासमेत एनआईसी एशियाले आफूलाई स्थापित गर्न सफल भएको छ । बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताको संख्या भने ५ लाख ४० हजार बढी रहेको छ । 

दुई दर्जनभन्दा बढी सेवाहरु दिएर आम ग्राहकको मन जित्न सफल एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत खाताको जानकारी दिने, स्टेटमेन्ट दिने, विभिन्न खातामा पैसा पठाउने, मुद्दती निक्षेप खोल्ने, बैंकका एटिएम र शाखाको स्थान थाहा पाउने, मोबाइल टपअप, अनलाइन टिकट, युटिलिटी बिल भुक्तानीका सेवाहरु दिँदै आइरहेको छ । यस्तै ग्राहकहरुले सजिलै क्यूआर भुक्तानी, गुनासो सुनुवाई, आईपीओसमेत आवेदन दिन सक्छन् भने बैंकको ‘कस्टमर केयर’ मार्फत ग्राहकहरुले आफ्नो समस्याहरुको यथाशीघ्र समाधान र रिपोर्ट पनि गर्न सक्छन् । बैंकको मोबाइल बैंकिङ एपमा बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरूसमेत उपलब्ध छन् । जसबाट ग्राहकहरुले जुनसुकै बेला पनि आफु आवश्यक परेको सामाग्री हेर्न सक्छन् । र त यति धेरै सुविधा एनआइसीमा हुँदाहुँदै अरु बैंकमा किन जाने भन्ने बुझाई ग्राहकमा रहेको छ । 

ग्राहकको संख्या बढ्दै जाँदा बैंकले नयाँ तथा भईरहेका ग्राहकहरुलाई अझै सहजका होस् भन्दै विभिन्न सेवा सुविधा ल्याउने क्रम बढाएको छ । यसैबीच बैंकले हालैमात्र ‘कार्डलेस विथड्रल’ सुविधा थपेको छ । सो सुविधा अन्तरगत ग्राहकले कार्डबिना नै एटीएमबाट नगद रकम झिक्न सक्नेछन् । यस्तै डिजिटल बैकिङ सेवालाई प्रोत्साहन गर्न एनआईसी एशियाले मोबाइल बैंकिङ, इन्टरनेट बैकिङलगायतका सेवाहरु ग्राहकलाई ५ वर्षसम्म निःशुल्क उपलब्ध गराउने अफरसमेत ल्याएको छ । बैंकले ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाएको बैंकले ४ वटा विधाअन्तर्गत २० विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । 

सर्वश्रेष्ठ बचत खाता’ मा फाइदै-फाइदा 
यो योजना अन्तगत ग्राहकहरुले पाँच वर्षसम्म ८४ लाखसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क पाउनेछन् । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएको बैंकले २०७८ कार्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकको उत्साहजनक सहभागीता रहेको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । 

बैंकले अहिले थपेका सबै फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाता खोलिसकेका ग्राहकहरूलेसमेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने जनाएको छ । बैंकले अहिले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा क्द्य टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले अनुरोधसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्