सांग्रिला डेभलपमेन्ट बैंकको १११औं शाखा गाईघाटमा, सहज बैंकिङ सुविधा पुग्ने विश्वास

Shangrila Development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १११औं शाखा संचालनमा ल्याएको छ । बैंकले गाईघाटको त्रियुगा नगरपालिका वडा नं.११ मा सोमबार फाल्गुन १६ गते शाखा संचालनमा ल्याएको हो ।

गाईघाट शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १११ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्