युनियन लाइफ इन्सुरेन्सको साधारण सभा वैशाख २३ गते हुने

Union Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । युनियन लाइफ इन्सुरेन्सकोवार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा वैशाख २३ गते हुने भएको हो । सभा, टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले संस्थापक समूहबाट ४ जनालाई निर्वाचन गर्ने र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ । स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पनि पेश हुनेछ ।

सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख मंगलबार १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ सोमबार वैशाख १२ गतेसम्म नेप्सेमा रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउने भएका छन्।

प्रतिकृया दिनुहोस्