बैंक अफ काठमान्डूको खुद नाफा घट्यो, खुद ब्याज आम्दानी भने १८.७४ प्रतिशतले बढ्यो


Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमाससम्म २५.५३ प्रतिशतले खुद नाफा घटेर ८७ करोड ७ लाख ८१ हजार रुपैयाँमा पुर्याएको छ।अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको सञ्चालन नाफा ३१.२९ प्रतिशतले घटेर १ अर्ब १५ करोड ६ लाख ३४ हजार रुपैयाँमा पुगेको छ । 

यता, खुद ब्याज आम्दानी भने १८.७४ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४८ पैसा छ।

प्रतिकृया दिनुहोस्