सिद्धार्थ बैंकको खुद नाफा त्रैमाससम्म २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

बैंकले यस त्रैमाससम्म २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नाफा बढाएको छ । यो नाफा गत वर्षको भन्दा १.१३५ मात्र धेरै हो ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ६ करोड ५२ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यता बैंकको खुद ब्याज आम्दानी २१.०६ प्रतिशतले बढेपनि सञ्चालन नाफा १.१२ प्रतिशतले मात्र सुधार भएको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब १ करोड ८७ लाख रुपैयाँ छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २५ पैसाले बढेर २२ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा छ ।

प्रतिकृया दिनुहोस्