गरिमा विकास बैंकको मोबाईल बैकिङ स्तरोन्नति भई डिजि बटुवामा परिवर्तन, अझ बढि सुरक्षित एवम् ग्राहकमैत्री

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ एपको नाम ‘गरिमा स्मार्ट’ बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।

‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा र वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरि विभिन्न सुविधाहरु जस अन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप-अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् । 

साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैकिङ एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवम् ग्राहकमैत्री भएको छ । यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् ।

यस विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवम् गुणस्तरीय बैकिङ सेवा दिदै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्