बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक, निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राहकहरुका लागी विभिन्न आकर्षक सुबिधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय व्यवस्थापनको सुबिधाहरु भएको यी निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आजका स-साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा व्यवस्थापन हुन्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको वित्तीय व्यावस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहक महानुभावहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

यस खातामा न्यूनतम् रु. १ हजार देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतालाई ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु. ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि रिकरिङ्ग निक्षेप खातावाहकहरुलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०% सम्म कर्जा पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजनिक गरेको हो । खातावाहकहरुको वर्तमानको वित्तीय व्यवस्थापन सहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुबिधा रहेको छ । न्यूनतम् कुल मौज्दात रु. २ लाख भएको यस खातामा ग्राहक महानुभावहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको कम्पनीले जनाएको छ ।

साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।

प्रतिकृया दिनुहोस्