जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ४ करोड ९५ लाख, खुद ब्याज आम्दानी कति ?

Janutthan Samudayik Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । यस अवधिसम्म संस्थाले ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो खुद नाफा अघिल्लो वर्षको भन्दा ६.८२ प्रतिशतले कम हो । यसअवधिमा लघुवित्तले अघिल्लो वर्ष ५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने ९.१२ प्रतिशतले बढेको छ ।

यसैगरी सञ्चालन नाफा भने ५.२४ प्रतिशतले घटेको छ । जसकारण यसको नाफामा प्रभाव परेको देखिएको छ । जनउत्थानको चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको पाइएको छ । जुन पुँजी २५ प्रतिशतले बढेको हो । यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार देखिएको छ । साथै सापटि रकम पनि घटेको पाइएको छ ।

यसको जगेडा कोषमा १९.०८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै रिजर्भमा ११ करोड ७४ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष यस अवधिमा ९ करोड ८६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको खराब कर्जा अनुपात ४.२८ प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १९९ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्