एनएमबि बैंकद्धारा बुद्द र यति एअरको टिकट बुकिङ्गमा ३५० र ५०० सम्मको क्यासब्याक

NMB Bank
  • बैंकिङ संसार
काठमाडौँ । एनएमबि बैंकले बुद्द एअर र यति एअरको टिकट बुकिङ्गमा क्यास ब्याकको योजना ल्याएको छ । बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै क्यासब्याक अफर ल्याएको हो । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा रु. ३५० र ५०० क्यासब्याक सुविधा पाउने बैंकले जनाएको छ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई(कमर्स सक्रिय गर्नु पर्नेछ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना तथा प्राप्त हुने छुट सम्बन्धि अतिरिक्त जानकारी http://card@nmb.com.np/call@nmb.com.np मा ईमेल गर्न सकिने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्