वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार...

Nepal Rastra Bank
  • बैंकिङ संसार
पछिल्लो समय  केन्द्रिय बैंकका विवरण बमोजिम वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिन थालेको छ । नेपाल राष्ट्र बैंकको हालको तथ्याङक बमोजिम मंगलबारसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ । सो कुल निक्षेप सोमबारको तथ्याङ भन्दा १३ अर्बले बढी हो । अघिल्लो दिन बैंकहरुको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो ।

यसैगरी, कर्जा लगानीमा पनि केहि सुधार आएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांक बमोजिम सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानीमा मंगलबारसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । 

प्रतिकृया दिनुहोस्