ङादी ग्रुप पावरको हकप्रद सेयरमा भदौ ७ गतेसम्म आवेदन दिन पाइने

Ngadi Group Power
  • बैंकिङ संसार
काठमाडौं । ङादी ग्रुप पावरले साउन १८ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१:५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस हकप्रदमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल ङादीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । 

यस्तै, असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्