पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन भर्ने आज अन्तिम दिन

People's power
  • बैंकिङ संसार
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने भदौ ५ गते (आज) अन्तिम दिन रहेको छ । आइतबार (आज) कम्पनिको कार्यालय समयसम्म मात्र हाइड्रोपावरको आइपीओमा आवेदन दिन सकिने छ ।

कम्पनिले साउन ३१ गतेबाट सर्वसाधारणका लागि २२ लाख ९४ हजार ६८२ कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गरेकामा १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । पिपुल्स पावर कम्पनीको आइपीओमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्