प्रभु क्यापिटलको भदौ ३१ गते वार्षिक साधारण सभा बस्दै

Prabhu Capital
  • बैंकिङ संसार
काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते बस्ने भएको छ । साधारण सभा होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा दिउँसो १२:३० बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । 

यस्तैगरी आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।

प्रतिकृया दिनुहोस्